अन्तर्राष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ले विवाह गरेको खुलासा भएको छ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभाले एक टेलिभिज कार्यक्रममा आफू अविवाहित भएको बताएकी थिइन् । तर उनले भारतीय युवक शैलेन्द्र नन्द अर्थात् बाल प्रभूजी महाराजसँग १६ वर्षको कलिलै उमेरमा विवाह गरेको खुलासा भएको हो । उनका श्रीमान उत्तर प्रदेश निवासी शैलेन्द्र पनि कथावाचक रहेको छन् । उनहरु विवाह वन्धनमा बाधिएका तस्विर पनि सार्वजनिक छन् । तर उनले एपी वान टेलिभिजनलाई केही दिनअघि दिएको एक अन्तरवार्तामा आफू अहिलेसम्म अविवाहित रहेको तर भविष्यलाई कसैले पनि देख्न नसक्ने बताएकी थिइन् ।