कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काट्न गइन्। छिमेकी महिला पनि आ–आफ्नै धान खेती गरेको गह्रामा घाँस उखेलेर गोडमेल गर्दै थिए। हीराकी जेठानी मीना करिब सय मिटर दूरीमा थिइन्। नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। खेतमा घाँस काटिरहेकी हीरालाई उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ। हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो।
स्थानीय राधिका पुजाराले बिहीबार बिहान खेतमा काम गर्ने बेला उखुबारी नजिक बाघ देखेकी थिइन्। त्यसपछि उनी भागेर भर फर्किइन्।