शुक्रबार बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका– ४ स्थित ‘नवलपुर ठूलो खोला’मा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएकी १७ वर्षीया मञ्जु खड्काको शव भेटिएको छ। आइतबार बिहान बबई गाउँपालिका-५ खैरभट्टी भन्ने ठाउँमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।शव भेटिएको स्थान अटो बगाएको ठाउँभन्दा ५५ किलोमिटर पर हो। त्यहाँ भेटिएको शव मञ्जुकै हो भनेर उनकी आमा ममता खड्काले सनाखत गरेकी हुन्।
शव पोस्टमर्टमका लागि तुलसीपुर ल्याउन लागिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।