काठमाडौं, २४ साउन–एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोष्टमार्टम आज (बिहीबार) देखि शुरु हुँदैछ । मृतकको पोष्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी रहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जनाएको छ । दु र्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधवार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।