श्रीमानकै साथीसंग माया बसेर भागेकी श्रीमतीले श्रीमानलाइ फोन गरेर भनिन्, ‘तिम्रो माया धेरै लग्यो मलाई लिन आउ

समाचार

आफू कतारबाट आउँदा विमानस्थलमा लिन आउँछु भन्ने श्रीमती अचानक भागेपछि तनावमा रहेका कालिकोटका रमेश चन्द कालिकोटबाट काठमाडौं जाँदै थिए । श्रीमती राधिका हराएपछि दुखि बनेर श्रीमतीकै खोजीका लागि यता उता भौतारिएका उनि श्रीमती हराएको सूचना टेलिभिजनमार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर काठमाडौं जान लागेका रहेछन् । धादिङको नौविसे पुग्नै लाग्दा उनलाई हराइरहेकी श्रीमतीको मोबाइल नम्वरबाट फोन आयो । आफ्नो मोबाइलमा श्रीमतीको नम्बरबाट फोन आएको देखेर हत्तपत्त कल रिसिभ गरेका रमेशको कानमा श्रीमतीको आवाज पर्यो ‘बुढा म बुटवलमा छु छिटो लिन आउ ।’ श्रीमतीको यो बोली सुनेपछि काठमाडौं जाने बस बीच बाटोमै रोकेर उनि बसबाट उत्रेर र अर्को गाडी समातेर बुटवल हानिए । बुटवलको एक होटलमा बसिरहेकी राधिका श्रीमानलाई लिन बुटवल बसपार्कमा पुगे र उनलाई लिएर होटलमा गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *