असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

समाचार

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *