जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका एक पुरुष पनि प्रहरी जवान नै रहेको खुलेको छ । आत्महत्या बारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर पनि प्रहरी जवान नै रहेको खुलेको हो । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेलस्थित शौचालयमा झुन्डिएको अवस्थामा ३१ जेठमा मृत भेटिएकी थिइन् ।