प्रेममा धोका पाएपछि अस्पताल कर्मचारीद्वारा फेसवुकमा स्ट्याटस लेखेर आत्महत्या

Blog समाचार

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ ।

उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए ।

गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ, मुद्दा गर्छौँ भनियो । त्यसपछि मुद्दा पनि चलाए । साइबर क्राइममा मुद्दा पनि गरे । त्यसले पनि चित्त बुझेनन। सधैँ तनाव दिन थालियो । अब मैले सकिनँ, यस्तो तनावमा बाँच्न। म आफूले आफैँलाई धेरै सम्हाल्न चाहेँ तर अब सकिनँ’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *