धनकुटा पाख्रिबासकी दुवै मिर्गौला फेल भएका अनिसा कार्कीद्वारा उपचारका लागि सहयोगको याचना

समाचार

धनकुटामा एक युवतीको आर्थिक अभावका कारण मिर्गौलाको उपचारमा समस्या भएको छ । जिल्लाको पाख्रीबास नपा वडा नं ५ स्थायी घर भइ हाल नपा ४ मा बस्दै आएका कुल बहादुर कार्की र कमला बरुवालको छोरी वर्ष २५ को अनिशा कार्कीको दुबै मृगौला फेल भएपछि समस्यामा परेका हुन । कार्कीवे उपचारमा आर्थिक अभावले गर्दा सहयोगको लागि याचना समेत गरेकी छिन् ।

कार्कीले केहि महिना देखि पाटन हस्पिटलमा उपचार गराईरहेकोमा कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन समस्या भएको र आफु संग भएको सबै पैसा पनि सकिएकोले गर्दा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु, आफन्तजन, साथीभाइ, इष्टमित्र तथा मनकारी हजुरबुबा हजुरआमा सबै-सबैले सहयोग गरि नयाँ जीवन प्रदान गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *