लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापाले तीजमा छाडा गीत गाउने र भिडियो बनाउनेलाई कार्यक्रममै झोक्किदै भन्नुहुन्छ : “निर्देशकज्युहरु तपाईहरुले कस्तो खालको गीत बनाइरहनु भएको छ ? के खालको भिडियो बनाएको त्यस्तो ? तिज गित के निस्क्या यस्तो ? लाज लाग्दैन ? भोलि तपाईको छोराछोरी, आमा, दिदीबहिनी र नातिनातिनाले हेर्दा तपाईलाई सर्म लाग्दैन ? सेन्स हुदैन मान्छेको ? गीत सुन्यो भिडियो ठिक छैन, सबै कुरा ठिक छ, शब्द ठिक छैन । बिष्णु माझीको गीत आउनु भन्दा अघि बजारमा तीजका ३०० गित आएका थिए । लोकसस्कृतिप्रेमीहरुले कस्तो गीत पर्खिनु भएको रहेछ बुझ्नु भयो ? बजारमा टर्च बालेर खोज्दा पनि राम्रा गीत भेटिंदैनन् ।”