उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै बच्चाको जन्म होला भन्ने आशाका साथ आएका यम वहादुरलाई नेपालगञ्ज लैजानु पर्छ भन्दा आकाशै खसे झै भयो । आर्थिक अवस्था कमजोर भएका यम वहादुरलाई अव के गरम कसो गरम भयो । नेपालगञ्ज लैजान पैसा छैन ।