अत्यधिक गर्मीले तुलसीपुरमा विद्यार्थी बेहोस

समाचार

दाङको तुलसीपुर– ११ स्थित अमर मावि उरहरीका विद्यार्थी एक्कासl बेहोस भएका छन्। कक्षा आठमा पढ्ने पाँचजना र कक्षा नाैमा पढ्ने एकजना विद्यार्थी बेहोस भएका हुन्।

वलीले विद्यार्थी बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरेका थिए। उनले भने, ‘सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको हाे। गर्मीमा खानपिनमा ध्यान नदिँदा पनि यस्तो समस्या देखिन्छन्। यस्तो समस्या देखिएपछि हामी विद्यालयमै आयाैँ। गर्मीकै कारण यस्तो भएको हो। हामीले औषधि पनि दिएका छौँ। अहिले उनीकाे अवस्था सामान्य छ।’

विद्यार्थीमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो। गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै खेल्न नहुने कुरालाई ध्यान दिनुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *